काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण कार्य असारभित्रै सम्पन्न हुने गरी तीव्र गतिमा काम भइरहेको बताएका छन्।
आइतबार क्रिकेट मैदान निरीक्षणका लागि पुगेका प्रधानमन्त्री ओलीले निर्माण कार्य पहिलो चरणमा रहेका प्यारापिट निर्माणमा केन्द्रित रहेको र काम असार मसान्तसम्म पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार हाल मैदानमा करिब डेढ सय जना श्रमिक खटिएका छन् भने फ्लड लाइट जडानलगायत अन्य संरचना निर्माणसमेत सँगसँगै भइरहेको छ।
“ढिला भए पनि ठूलो र गुणस्तरीय काम भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “यसले नेपाली क्रिकेटको स्तर उकास्नेछ, खेलाडीको मनोबल बढाउनेछ र अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा वृद्धि गर्नेछ।”
उनले अब नेपालमा “एक मात्र क्रिकेट मैदान” भन्ने अवस्था अन्त्य भई अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न स्टेडियम निर्माण हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया