एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथपछि आइतबार लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिए। प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) अवरुद्ध गरेका थिए ।

उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भए ।

तर केही प्रदर्शनकारीहरूले सडकमा बनाइएको अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहे। क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि आक्रमण भएपछि उनीहरु ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।

४० लाख जनसङ्ख्या भएको लस एञ्जलसमा आइतबारको प्रदर्शन सहरको केन्द्र भागमा केन्द्रित थियो। ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि भइरहेको विरोधको यो सबैभन्दा कडा प्रदर्शन भएको दिन थियो।

करिब ३०० सुरक्षागार्डको आगमनले जनतामा आक्रोश र भय थपिएको थियो, सुरक्षागार्डहरूलाई संघीय भवनहरू जोगाउन तैनाथ गरिएको थियो, विशेष गरी केन्द्रबिन्दु बनेको डिटेन्सन सेन्टरको सुरक्षाका लागि।

लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको’ स्वीकारे। बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रण ढालसहित उभिएका थिए। प्रदर्शनकारीहरू भने ‘घर फर्क’ भन्ने नारा लगाइरहेका थिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com