एजेन्सी । हमासको गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला पारेको र पहिचान गरेको इजरायली सेनाले बताएको छ । सिनवारको शव गाजाको दक्षिणमा रहेको खान युनिसमा रहेको युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको आइतबार इजरायली रक्षा बल (आईडीएफ)ले बताएको हो ।

डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताइएको छ ।  तर, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार मे १३ मा भएको हवाई आक्रमणमा ४९ वर्षीय सिनवारको मृत्यु भएको थियो ।

advertisement

यस आक्रमणमा परेर २८ जनाको मृत्यु भएको थियो । अन्य कयौँ घाइते भएका थिए । हमासको रफाह ब्रिगेडका कमान्डर मोहम्मद सबानेहको शव पनि सिनवारको शव नजिकै फेला परेको आईडीएफले बताएको छ ।

‘सिनवार र सबानेहसँग सम्बन्धित धेरै वस्तुहरू फेला परेको र साथै केही अन्य गुप्तचर जानकारीहरू पनि फेला पारिएको अझ अगाडि आईडीएफले भनेको छ । यी सबैलाई थप अनुसन्धानको लागि पठाइएको भनिएको छ ।

आक्रमण स्थलमा अन्य शवहरू पनि फेला परेका छन् । जसको पहिचान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com