काठमाडौं । मकवानपुरका दुर्गम गाउँबाट प्रहरी खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–४ झुरझुरेस्थित सोनाम घिसिङले सञ्चालन गरेको हुक्का बारबाट बागमती गाउँपालिका—४ का ३० वर्षीय अविनाश घलान र २२ वर्षीय अजय घिसिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरीले घलान र घिसिङको साथबाट खैरो हेरोइन २२० मिलिग्राम र ट्रमाडोल ५५ क्याप्सुल बरामद गरेका थिए ।
दुवै जनालाई थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले ५ दिनको म्याद थप अनुमति दिएको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया