काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारद्वारा गरिएको व्यवहारलाई “प्रतिशोधमूलक” भन्दै तीव्र आलोचना गरेका छन्। उनले प्रसाईंको यथाशीघ्र रिहाइको माग गरेका छन्।

थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, “चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई बहाना बनाएर पक्राउ गरिएका प्रसाईंमाथि अहिले विभिन्न नयाँ मुद्दाहरू थोपरी सरकार प्रतिशोधको बाटोमा उत्रिएको स्पष्ट देखिन्छ। यस्तो व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो। उनलाई तुरुन्त रिहा गर्नुपर्छ।”

advertisement

उनले थप लेखेका छन्, “विगतमा केपी ओली र प्रचण्डसँग निकट रहेका प्रसाईंले पछिल्लो दुई वर्षयता हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै सर्वसाधारण नागरिकका समस्यालाई राष्ट्रिय मञ्चमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।”

सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरिएको प्रदर्शनका आधारमा प्रसाईंविरुद्ध विभिन्न शीर्षकमा मुद्दा दर्ता गरेको छ। थापाको भनाइमा, सरकारको यस्तो कदम लोकतन्त्रको मर्यादामाथिको प्रहार हो।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com