काठमाडौं ।  नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै आईसीसी विश्वकप लिग टूमा सानदार पुनरागमन गरेको छ। पहिलो इनिङको सुरुआतमा कमजोर ब्याटिङ गरेको नेपालले नौ विकेट क्षतिमा दुई सय ३६ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सलाई दुई सय २० रनमा अल आउट गराएर नेपालले सिरिजको अन्तिम खेलमा जित हाँसिल गरेको हो।

जवाफमा नेदरल्यान्ड्सले ४९ ओभर दुई बल खेल्दै सबै विकेट गुमाएर दुई सय २० रन मात्रै बनाउन सक्यो। नेपाली बलरहरुले किफायति र अनुशासिन बलिङ गरेपछि नेपालको जित सम्भव भयो। ओपनर म्याक्स ओ डाउडलाई चार रनमा आउट गराएका मयन यादवले खेलमा तीन विकेट लिए। सन्दिप लामिछानेको नाममा पनि तीन विकेट नै रह्यो।

advertisement

लामिछानेले मिचेल लेविटलाई २७ रन बनाएको अवस्थामा आउट गरे। वेजली बारेसीले ३६ रनको योगदान गर्न सके। यसैगरी, स्कट एडवार्डले पनि ३० रन बनाएपछि चार विकेट क्षतिमा उसले एक सय ३ रन बन बनाएको थियो। तर त्यसपछि नेदरल्यान्ड्सका बालरले खुलेर खेल्न सकेनन्। केली क्लेनले २५ रन जोडे भने नोहा कोर्सले २२ रन बनाउन सके। यद्यपी नेदरल्यान्ड्स जितसम्म पुग्न सकेन। नेपालका आरिफ शेख म्यान अफ दि म्याच बने।

नेपालले जितसँगै १६ खेदलबाट १२ अंक बनाएको छ। नेपालले अंक सुधार गरेको भए पनि अहिलेसम्म सातौं स्थानमा नै कायम छ। पराजित नेदरल्यान्ड्स २६ अंकका साथ दोस्रो स्थानमा कायम छ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com