काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी समाचार सामग्री सार्वजनिक गरेको विषयमा पत्रकार दिलभुषण पाठकमाथि पक्राउपुर्जी जारी भएको छ।

साइबर अपराधसम्बन्धी उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले पाठकलाई पक्राउ गर्न अनुमति दिएको साइबर ब्युरो स्रोतले जनाएको छ। ब्युरोका अनुसार, पत्रकार पाठकले आफ्नो युट्युब च्यानल टफ टक अन्तर्गत ‘टफ एक्स्प्लेनर’ शीर्षकमा प्रसारित सामाग्रीमा जयवीर देउवालाई होटल खरिद प्रकरणमा जोडिएको बताएका थिए।

advertisement

पाठकले उक्त सामग्रीमा नक्सालस्थित हिल्टन होटलको खरिदमा जयवीर देउवाले होटल शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यवसायी दीपक भट्टसँग मिलेर संलग्न भएको दाबी गरेका थिए। हाल सो होटल १७ तले बनाउने योजना अन्तर्गत नक्सापास प्रक्रिया विवादमा पनि रहेको छ।

प्रहरी प्रधान कार्यालयका एक उच्च स्रोतका अनुसार सामग्रीमा आधारहीन आरोप लगाइएको भन्दै उजुरी परेपछि अनुसन्धानको प्रक्रिया अघि बढाइएको हो। ‘कपोलकल्पित र तथ्यविहीन विवरण प्रस्तुत गरिएको भन्ने उजुरीका आधारमा प्रक्रिया अघि बढेको हो,’ स्रोतले भन्यो।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com