काठमाडौँ  — हास्य कार्यक्रम कमेडी नाइट विद च्याम्पियन्स का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले सिंहदरबारमा बोलाएको छ।

गत मङ्गलबार प्रसारित नयाँ शृङ्खलामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको व्यङ्ग्यपछि भण्डारीलाई कार्यालयबाट बोलाइएको हो।

advertisement

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसद  डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी  अतिथि कलाकारका रूपमा सहभागी थिए। उनीहरूसँग गरिएको रमाइलो संवाद र प्रस्तुतीमा प्रधानमन्त्री ओलीप्रति लक्षित व्यङ्ग्य पनि समावेश थियो।

यही प्रसङ्गलाई लिएर प्रधानमन्त्रीको स्वकीय सचिव अरुण लम्सालले भण्डारीलाई सिंहदरबार बोलाएका थिए। भण्डारीका अनुसार भेटवार्ता सामान्य प्रकृतिको भएको थियो।

“मैले केही कार्यक्रमको समन्वयका लागि बोलाएको हो कि भन्ने सोचेको थिएँ,” भण्डारीले भने, “सामान्य भेट र कुराकानी मात्र भयो। केही नयाँ कार्यक्रमका सम्भाव्य विचारहरूबारे पनि छलफल गरियो।”

भेटको अन्त्यतिर भने प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा ‘थप संवेदनशील र गम्भीर’ हुन अनुरोध गरिएको भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com