एजेन्सी । रुसले १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फर्काएको छ । यसलाई युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ।

शुक्रबार भएको यो फिर्ता पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौताअनुसार गरिएको हो। तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ।

advertisement

युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता भने नगरेको आरोप लगाइएको छ। रुसको सरकारी समाचार संस्था ताससँग बोल्दै एक अज्ञात स्रोतले भने, ‘आज, रुसले युक्रेनका सशस्त्र बलका १,२०० मृत सैनिकहरूको शव हस्तान्तरण गर्‍यो। तर, एकजना पनि हाम्रोतर्फबाट फिर्ता गरिएको छैन।’

त्यसैगरी, रूसी राष्ट्रपति सहयोगी भ्लादिमिर मेदिन्स्कीले पनि युक्रेनले ७ जुनमा हुने भनिएको शव तथा कैदी आदानप्रदान प्रक्रिया अचानक स्थगित गरेको र यसबारे कुनै सार्वजनिक स्पष्टीकरण नदिएको दाबी गरे ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com