काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित पवित्र तीर्थस्थल केदारनाथ जाँदै गरेको एक हेलिकप्टर आज बिहान दुर्घटनाग्रस्त भएको छ। दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो।
आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट उडेको थियो र केदारनाथतर्फ गइरहेको थियो। हेलिकप्टरमा चालकसहित पाँचजना सवार थिए। प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा सबै पाँचजनाको निधन भएको छ, जसमध्ये एकजना बालक पनि रहेका छन्।
दुर्घटनाको कारण खराब मौसमलाई मानिएको छ। घट्नास्थलमा प्रहरी तथा उद्धार टोली पुगिसकेको छ र आवश्यक अनुसन्धान तथा राहत कार्य सुरु गरिएको छ।
भारतीय नागरिक उड्डयन निकायले दुर्घटनाबारे विस्तृत छानबिन थाल्ने जनाएको छ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया