काठमाडौं ।  भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्।

उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

advertisement

गत फागुन ४ गते  केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए।

तर उडिसाको उच्च अदालतले मे १६ मा १ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन्।

प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले त्यतिबेलै दिएको भए पनि आफूले दुई/चार दिनअघि मात्र थाहा पाएको बताए।

‘अभियुक्त रिहा भएको थाहा पाएलगत्तै मैले यही जेठ २८ गते हाम्रा परराष्ट्रमन्त्रीज्यू डा आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएको छु’, शनिबार बिहान नेपालखबरसँग कुरा गर्दै लम्सालले भने, ‘खोइ अहिलेसम्म केही कुरा आएको छैन।’

अभियुक्त धरौटीमा छुटेकाले अब आफूले न्याय नपाउने हो कि भन्ने चिन्ताले सताएको उनले बताए।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com