काठमाडौं । इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ ।

advertisement

आत्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ । यसैगरी ताम्रामा कम्तिमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।

इरानको परमाणु केन्द्रमा इजरायलको निशाना

इजरायलले भने इरानको फरमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आत्रमणबाट इरानको रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।

इरानले इस्लामिक रिभोल्युसनरी गार्ड ९आईआरजीसी०ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत् जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली फ्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।

यसैगरी इरानले इजरायलका तीन त्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकासमै ध्वस्त पारेको जनाएको छ ।

 

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com