एजेन्सी । बेलायती नौसेनाको फाइटर जेट एफ–३५ ले भारतमा आकस्मिक अवतरण गरेको छ । विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो ।

विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ ।

advertisement

भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि विमान पुनः उड्ने बताइएको छ । घटनाबारे अरू धेरै जानकारी आउन बाँकी छ । विमानले शनिबार राति ९ः३० बजेतिर सुरक्षित अवतरण गरेको विमानस्थलका अधिकारीले भनेका छन् ।

विमान बेलायतको क्यारियर स्ट्राइक ग्रुपको सहायक कम्पनी एचएमएस प्रिन्स अफ वेल्सको थियो । यही हप्ता भारतीय जलसेना र बेलायतको क्यारियर स्ट्राइक ग्रुपले पश्चिम अरब सागरमा संयुक्त अभ्यास गरेका थिए ।

तिरुवनंतपुरम केरलामा रहेको चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com