काठमाडौं । बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा।वि।स। सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

advertisement

गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आव२०५७,५८ देखि २०७२,७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर
नपुगेका १९ जना व्यक्तिहरुलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी भत्ता हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारकाअनुसार ६ लाख ५६ हजार ७ सय रुपैयाँ हिनामिना भएको छ । आरोपपत्रमा श्रीवास्तवसहित गाउँ विकास समितिको कार्यालयका सचिवद्वय सावितराम कुर्मी र अशोककुमार श्रीवास्तवलाई प्रतिवादी बनाइएको छ ।

साथै, सामाजिक सुरक्षा भत्ता लिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीलाई प्रतिवादी बनाइएको छ ।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com