काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको विमान दुर्घटनामा दोस्रो ‘ब्ल्याक बक्स’ आइतबार फेला परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी पिके मिश्रले दुर्घटनाअघिको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ फेला परेको पुष्टि गरेका छन्।

यसअघि शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको थियो। अहमदावादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।

advertisement

विमानमा चालक दलसहित २४२ यात्रु थिए। एक जना चमत्कारिक रूपमा बाँचे। प्रहरी उपप्रमुख कानन देसाईले हालसम्म २७९ शव गणना भएको बताए। अहिलेसम्म ८० जना पीडितको डीएनए नमूना आफन्तसँग मेल खाएको र ३३ शव परिवारलाई हस्तान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनास्थलमा कम्तीमा ३८ गैरयात्रीको मृत्यु भएको छ। प्रशासनले मृतकको औपचारिक संख्या डीएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने जनाएको छ। एएफपी

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com