काठमाडौं ।  प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बोलेपछि सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई लक्षित गर्दै सदनको मर्यादा र शिष्टाचारबारे प्रश्न उठाएका हुन ।

सांसद थापाले भने, “हामी बजेटमाथिको छलफलमा छौं। यस्तो छलफलमा बैठक कसरी सञ्चालन गर्ने? कस्तो वातावरण बनाउने? मर्यादा कस्तो हुने? यतापट्टि सबैको ध्यान जानुपर्छ। हामी रत्नपार्कमा छौं कि सहिद गेटमा? कलंकीमा कि पोखराको चिप्लेढुंगामा? मलाई त बुझ्न गाह्रो भयो।”

advertisement

उनले वेल घेरेर विरोधमा बसेका रास्वपा सांसदहरूलाई संकेत गर्दै “कुर्सी रोइरहेका छन्” भन्ने टिप्पणी गरे। थापाको यस्तो भनाइपछि रास्वपाका सांसदहरूले आपत्ति जनाउँदै नाराबाजी गरे र आफूहरू आन्दोलनरत रहेको प्रष्ट पारे।

विवाद बढेपछि सभामुख देवराज घिमिरेले सदन सञ्चालनप्रति ध्यानाकर्षण भएको जनाउँदै शक्ति बस्नेतलाई बोल्न अनुमति दिए।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com