काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राज्यले आफ्नै नागरिकलाई लुट्ने काम गरिरहेको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। तर, जब राज्यले नै विभिन्न नीति र संरचना बनाएर आफ्नै जनतालाई दुःख दिन थाल्छ, लुट्न थाल्छ, त्यसपछि आन्दोलन अनिवार्य हुन्छ। र त्यो आन्दोलन निरन्तर चलिरहन्छ।”
गृह मन्त्रालयसँग सम्बन्धित ‘भिजिट भिसा’ प्रकरणमा छानबिन र गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपाले जेठ १४ गतेदेखि संघीय संसद्को प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ। सोमबारको बैठकमा पनि रास्वपाका सांसदहरू निरन्तर नाराबाजीमा उत्रिए । यद्यपि, सभामुख देवराज घिमिरेले बैठक सञ्चालनलाई निरन्तरता दिइरहेका छन्।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया