काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट दिएको जवाफमा असन्तुष्टि जनाएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमा अर्थमन्त्री पौडेलले दिएको जवाफमा असन्तुष्टि जनाएका हुन् ।
‘अघि माननीय ज्यूले त रोस्टमबाट झुट बोल्नु नै भएको थियो । र अहिले अर्थमन्त्रीज्यूले पनि त्यहाँ गएर बोलिदिनु भो ,’उनले भने,‘कुरा तीन करोडभन्दा तल या माथिको मैले यो शहरी विकास मन्त्रालयकै मात्रै हेर्दा ६ हजार ७४० वटा कार्यक्रम रहेछन् । करिब ५० प्रतिशत भन्दा बढी म एक्युरेट अङ्क त भनिराछैन तलमाथि होला ५० प्रतिशतभन्दा बढी १ करोडभन्दा तल १० लाख सम्मका छन् । दुईटा कुरामत्रै पढेर सुनाउन चाहन्छु सभामुख महोदय खहरे मनकोट खोला गाउँ साक्षाखोला नायली स्तरोन्नतिका लागि १० लाख रुपैयाँ छुट्याइएको रहेछ । यसलाई अर्थमन्त्री ज्यूले कसरी जस्टिफाइ गर्नुहुन्छ ।’
उनले फेरी प्रश्न गरे,‘प्रोजेक्ट बैङ्कबाट आयोजना थपघट गर्ने कुरा बजेट अनुशासन कि स्वेच्छा म अनुरोध गर्न चाहन्छु विकास बजेटको आधाभन्दा बढी योजना लाख र हजारमा छन् यो अनुशासन की झुट ?’
अर्थमन्त्री पौडेलले ससद्मा बोल्दै तीन करोडभन्दा कमका आयोजना नराख्ने नीति कार्यान्वयन गरिएको बताएका थिए ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया