एजेन्सी । भारतको अमरोहा जिल्लास्थित अतरासी गाउँको जङ्गली क्षेत्रमा सञ्चालित एक पटाका फ्याक्ट्रीमा सोमबार अचानक विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

यो शक्तिशाली विस्फोटका कारण फ्याक्ट्रीको भवन र त्यसको टिनको छाना भत्किएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि मुरादाबादको उच्चस्तरीय स्वास्थ्य केन्द्रमा रेफर गरिएको छ । बाँकी घाइतेहरूको अमरोहास्थित अस्पतालहरूमा उपचार भइरहेको छ ।

advertisement

प्रहरी र प्रशासनिक अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् र भग्नावशेषमा पुरिएका कामदारहरूलाई बाहिर निकाल्न उद्धार कार्यमा जुटेका छन् । मृतक सबै महिला भएका अधिकांश घाइते पनि महिला नै दुर्घटनास्थलमा खटिएका प्रहरीले बताएका छन् ।

विस्फोटको ठुलो आवाज गाउँलेहरूले सुनेर प्रहरीलाई खबर गरेका थिए । भवनको भग्नावशेषमा एक दर्जनभन्दा बढी मजदुर पुरिएपछि गाउँलेहरूमा रुवाबासी चलेको थियो ।

सूचना पाएलगत्तै स्थानीय प्रहरी र दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिई उद्धार थालेका थिए । मृतक र घाइतेहरूलाई भग्नावशेषबाट बाहिर निकालिएको थियो । चार महिला मजदुरको घटनास्थलमै मृत्यु भएको घाइतेहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

पटाका प्याकिङ र उत्पादन गर्ने यो फ्याक्ट्री एउटा खेतमा दुई वटा भवनमा सञ्चालित छ । जसमध्ये एउटा भवनमा विस्फोट भएको हो ।  अमरोहाकी जिल्ला मजिस्ट्रेट निधि गुप्ता वत्स र प्रहरी उपरीक्षक अमित कुमार आनन्द घटनास्थल पुगेर विस्फोट भएको ठाउँको निरीक्षण गरेका थिए ।

अमरोहाका प्रहरी उपरीक्षक अमित कुमार आनन्दका अनुसार बिहान करिब ११ बजेर ५० मिनेटतिर विस्फोटको खबर आएको र प्रहरी र दमकल तुरुन्तै घटनास्थल पुगेको थियो । विस्फोटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com