काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य दुई हजार एक सय ६५ रुपैयाँ थियो।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार












प्रतिक्रिया