काठमाडौं । चीनले इसराइलमा रहेका आफ्ना सम्पूर्ण नागरिकलाई यथासिघ्र त्यहाँबाट बाहिरिन आग्रह गरेको छ। इसराइल र इरानबीच चर्किँदो तनावलाई ध्यानमा राख्दै इसराइलस्थित चिनियाँ दूतावासले यस्तो आग्रह गरेको हो।

शुक्रवार इसराइलले इरानमा आक्रमण गरेपछि त्यस क्षेत्रको सुरक्षा अवस्था झनै संवेदनशील बनेको छ। आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेकाले विभिन्न मुलुकका नागरिकहरू पनि त्यहाँ अड्किन पुगेका छन्।

advertisement

जारी सुरक्षा संकटका कारण चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई स्थलमार्गमार्फत, विशेषगरी जोर्डनको बाटो प्रयोग गरेर, सकेसम्म चाँडो इसराइल छाड्न निर्देशन दिएको बीबीसीले जनाएको छ।

दूतावासले नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक परे सहयोग र समन्वयका लागि सम्पर्कमा रहन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com