काठमाडौँ । इजरायल र इरानबिच पाँचौँ दिन पनि द्वन्द्व जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी अमानको भवनलाई पनि निशाना बनाइएको छ ।

इजरायली हवाई आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको बताइएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए ।

advertisement

इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भयो । इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । साथै, इजरायलमा हालसम्म २४ जना मारिएका छन् भने ६०० भन्दा बढी घाइते भएका छन् । – एजेन्सी

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com