खलङ्गा । महाकाली नगरपालिका–६ स्थित ‘निसिलको थागिल’ भन्ने स्थानमा ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ।
आज बिहान घर नजिकै खर काट्ने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा टाउकोमा लागेपछि पाल गम्भीर घाइते भएका थिए। स्थानीयवासीहरूले तत्कालै उनलाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारको क्रममा उनको ज्यान जोगाउन सकिएन।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार पाल केही दिनअघि मात्र बिदामा घर आएका थिए। घरको काम सघाउने क्रममा यो दुःखद दुर्घटना भएको हो।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया