काठमाडाैं । इन्डोनेसियाको सबैभन्दा सक्रियमध्येको एउटा ज्वालामुखी विस्फोट भएपछि बाली जाने र त्यहाँबाट बाहिरिने कयौँ उडानहरू रद्द भएका वा ढिला गरिएका छन् । फ्लोरेस टापुस्थित लेवोतोबी लाकी–लाकी हिमालमा मंगलबार ज्वालामुखी विस्फोट भएको थियो ।

ज्वालामुखी एजेन्सीका अनुसार स्थानीय समयअनुसार साँझ १७ः३५ मा त्यहाँको आकाशमा ११ किमीभन्दा माथिसम्म बाक्लो खरानी देखिएको थियो । यस घटनामा हताहतको कुनै खबर आएको छैन । अधिकारीहरूले सतर्कता स्तर बढाएर सबैभन्दा उच्चमा पुर्‍याएका छन् ।

advertisement

स्थानीयहरूलाई पनि ज्वालामुखी विस्फोट भएको ठाउँबाट ७ किमी वरपर सकेसम्म नजान र कुनै पनि गतिविधि नगर्न सुझाव दिइएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको प्रभावबाट जोगिन स्थानीयहरूलाई मास्क लगाएर बस्न अनुरोध गरिएको छ ।

बालीतर्फ र बालीबाट उडान रद्द हुनेमा एयर इन्डिया, एयर न्यूजिल्यान्ड, जेटस्टार, जुनेयाओ एयरलाइन्स, सिंगापुर एयरलाइन्स र भर्जिन अस्ट्रेलिया रहेका छन् । ज्वालामुखीका कारण २० भन्दा धेरै उडान रद्द गरिएको आई गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट डेटाले देखाएको छ ।

फ्लोरेसका लागि एयर एसियाका कयौँ घरेलु उडान पनि रद्द भएका छन् । गएको नोभेम्बरमा पनि लेवोतोबी लाकी–लाकी हिमालमा कयौँ पटक ज्वालामुखी विस्फोट भएका थिए । यस घटनामा नौ जनाको मृत्यु भएको थियो भने हजारौँ घर छाडेर हिँड्न बाध्य भएका थिए ।
-एन्जेन्सी

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com