काठमाडौँ, असार ५ गते । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षको हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख नाघ्ने देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव २०८०/८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । जुन सङ्ख्या गत आवको भन्दा चालु आवको ११ महिनामा नौ हजारले बढी हो ।

advertisement

गएको जेठसम्म प्रतिमहिना औसतमा ६९ हजार १२६ र प्रतिदिन दुई हजार ३०४ जनाले स्वीकृति लिएको देखिएको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या आगामी दिनमा पनि यही अनुसार हुने हो भने वर्षभरिमा आठ लाख ३० हजार नेपाली श्रम स्वीकृति लिएर विदेश पुग्ने देखिन्छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले चालु आवको ११ महिनासम्म वैदेशिक रोजगारीका लागि सात लाख ६० हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिएको जानकारी दिए  । भट्टराईका अनुसार गत आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान छ लाख ९७ हजार युवाले श्रम स्वीकृति लिएका थिए । जुन गत आवको ११ महिनाको तुलनामा चालु आवको ११ महिलामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजारले बढी हो ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com