काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरू छलफलमा जुटेपछि संसद् बैठक बस्न ढिलाइ भएको छ ।

बिहान ११ बजे बैठक आह्वान भए पनि अवरोध हटाउने विषयमा सभामुखले छलफल डाँकेपछि ढिला भएको हो । अहिले सभामुखको कार्यकक्षमा सहज तरिकाले सदन कसरी चलाउन सकिन्छ भन्ने विषयमा वार्ता भइरहेको छ ।

advertisement

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदनको कारबाही सुरु भएको थियो तर राप्रपा र रास्वपाले अहिले पनि आफ्नो अडान छाडेका छैनन् । जसका कारण विरोध र नाराबाजीकाबीच संसद् बैठक अगाडि बढिरहेको छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com