काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुखहरूमा पुनः संरचना गर्दै नयाँ मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ।
पार्टी सचिवालयको बुधबार सम्पन्न बैठकले डा. स्वर्णिम वाग्लेलाई नीति तथा विचार विभागको प्रमुखमा नियुक्त गरेको छ। यसअघि वाग्ले पार्टीको अर्थ विभागको नेतृत्वमा थिए।
त्यस्तै, अभियान तथा प्रचार विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी दिइएको छ भने कृषि विभागको नेतृत्व चितवनका राजन गौतमले पाएका छन्।
यसैगरी, ऊर्जा तथा जलस्रोत विभागको संयोजकको रूपमा श्रीराम न्यौपाने मनोनीत भएका छन्।
पार्टीले आगामी गतिविधि सशक्त र संगठित बनाउन विभागीय संरचनामा आवश्यक पुनःगठन गरेको जनाएको छ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया