काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलामा बनाइएको डाइभर्सनमा मध्यरात फसेको एक यात्रुवाहक बसका सबै २४ यात्रुको प्रहरीले सकुशल उद्धार गरिएको छ ।

गएराति पौने १२ बजे नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो ।

advertisement

प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो ।

जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ ।

६ महिनाअघि दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ ।

विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । यो खोलामा आउने बाढीले बिबीबारसम्म ८ पटक डाइभर्सन बगाएको छ ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com