एजेन्सी। तेल अवीवस्थित नर्वेका राजदूतको निवासमा विस्फोट भएको नर्वेजियन विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, ‘घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन्’ र उनीहरूले राति दूतावाससँग सम्पर्कमा रहेको बताएका छन्। विस्फोटको कारण भने खुलाइएको छैन।

इजरायली विदेश मन्त्री गिडोन सारले एक्समा नर्वेजियन राजदूत पेर एगिल सेल्वागसँग कुराकानी भएको बताएका छन्। उनले राजदूत निवासको बगैँचामा ग्रिनेड हानिएको बताए र यसलाई ‘गम्भीर आपराधिक घटना’ भन्दै निन्दा गरेका छन्।

एक नर्वेली पत्रिकाका अनुसार, सुरक्षा चिन्ताका कारण सोमबारदेखि तेल अवीवस्थित नर्वेजियन दूतावास बन्द गरिएको छ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com