काठमाडौं ।  एक करोड रुपैयाँ बढीको चेक अनादर मुद्दामा दुई वर्ष कैद सजायको फैसला पश्चात फरार रहेका सिन्धुपाल्चोकका ४० वर्षीय वीरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २५ गते नेक्स्ट कन्सट्रक्सन प्रा.लिको नाममा जारी गरेको चेक अनादर भएपछि गत फागुन २९ गतेबाट फरार रहेका खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको कटुञ्जेबाट पक्राउ गरेको हो ।

advertisement

कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ का खत्रीलाई काठमाडौं जिल्ला अदालतले गत फागुन २९ गते २ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पक्राउ परेका खत्री १ करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दामा दोषि व्यक्ति हुन् ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com