काठमाडौं । इरानमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारमा भारतले सहयोग गर्ने भएको छ। इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

भारतले नेपाल र श्रीलङ्काको आग्रहमा आफ्ना उद्धार अभियानमा यी दुई देशका नागरिकलाई पनि समावेश गर्ने बताएको छ। दूतावासले लेखेको छ, “नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालित उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिनेछ।”

advertisement

दूतावासले इरानमा रहेका नेपाली र श्रीलङ्काली नागरिकहरूलाई सकेसम्म चाँडो सम्पर्क गर्न अनुरोध गर्दै आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। सम्पर्कका लागि टेलिग्राम च्यानल वा तल उल्लेखित फोन नम्बर प्रयोग गर्न सकिनेछ:
📞 +९८९०१०१४४५५७
📞 +९८९१२८१०९११५
📞 +९८९१२८१०९१९

इरान र इजरायलबीच बढ्दो तनावका कारण इरानमा रहेका विदेशी नागरिकहरूको सुरक्षाका लागि भारतले ‘अपरेसन सिन्धु’ नामक उद्धार अभियान सञ्चालनमा ल्याएको हो। उक्त अभियान अन्तर्गत भारतीय नागरिकहरूसँगै नेपाली र श्रीलङ्काली नागरिकको पनि सुरक्षित उद्धार गरिनेछ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com