काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रतिनिधि सभाको बैठकबाट बैठक चलिरहेको अवस्थामै बाहिरिएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएको रास्वपाले, आइतबारको बैठकमा पनि सरकारको अडानप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन्।

advertisement

बैठकका क्रममा वेल घेराउ गर्दै विरोधमा उत्रिएका रास्वपाका सांसदहरू प्रतिपक्षी सांसदहरूको धारणा सुनेपछि बैठक स्थलबाट बाहिरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनले भने, “प्रतिपक्षीका १६ जना सांसदको आवाज सुनेपछि हामी निस्कियौं। दुई तिहाइको अहंकारी आवाज सुन्नु आवश्यक ठानेनौं।”

रास्वपाले भिजिट भिसा सम्बन्धी अनियमितताको छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै आएको छ। तर, सरकार त्यसप्रति गम्भीर नभएको भन्दै रास्वपाले निरन्तर विरोध जारी राखेको हो।

रास्वपाका अनुसार माग सुनुवाइ नभएसम्म संसद्मा उनीहरूको विरोध कायमै रहनेछ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com