काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले अझै पनि थारु समुदायलाई पूर्णरूपमा नेपाली नागरिकका रूपमा स्वीकार नगरेको गुनासो गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक भव्य थारु सांस्कृतिक कार्यक्रममा बोल्दै चौधरीले थारु समुदायको अस्तित्वमाथि बारम्बार प्रश्न उठाइएको उल्लेख गरे। उनले भने, “मलाई डिल्लीबजार कारागारमा थुनेको होइन, थारु समुदायको पहिचानलाई थुनेको हो। त्यो एक पटक मात्र होइन, पटक–पटक गरियो। अब थारुहरूले आफ्नै पहिचानका लागि जाग्ने समय आएको छ।”

advertisement

रेशम चौधरीले आफू राजनीतिमा स्वेच्छाले नभई परिस्थितिले जबरजस्ती ल्याएको बताए। “म राजनीतिज्ञ होइन, म सांस्कृतिक व्यक्ति हुँ,” उनले प्रस्ट पारे।

टिकापुर घटनासम्बन्धी प्रसंग उठाउँदै चौधरीले उक्त घटनाले थारु समुदायका चेलीबेटीहरूमा गहिरो असर पारेको भन्दै दुःख व्यक्त गरे। “त्यो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाइयो, तर त्योबारे न राज्यले बोलेको छ, न कसैले आवाज उठाएको छ,” उनले गुनासो गरे।

आफू टिकापुर घटनामा संलग्न नरहे पनि राज्यले अन्यायपूर्वक जेल हालिएको आरोप लगाउँदै चौधरीले थपे, “मैले जेलभित्रैबाट गीतमार्फत राज्यलाई प्रश्न गरिरहेँ।”

उनले थारु समुदायमाथि गरिएको विभेद, उत्पीडन र बेवास्ताको अन्त्यका लागि सशक्त रूपमा संगठित हुने आह्वान समेत गरे।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com