काठमाडौं । ललितपुरमा आयोजित विश्व योग दिवस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश, जनता, सुशासन र विकासका लागि निरन्तर काम गरिरहेकामा गाली खेपिरहनुपरेको गुनासो गरे। उनले गाली गर्नेहरूप्रति वैरभाव नराख्ने भन्दै, “गाली गर्नेहरूप्रति माया लाग्छ, तर म प्रशन्न चित्तले बस्छु,” भने।
ओलीले योगले मन स्थिर राख्ने कला भएको उल्लेख गर्दै भने, “चित्तलाई एकतर्फ लाग्ने, चित्ताग्रह हुने, चित्तस्थिर बनाउने उपाय नै योग हो।” उनले पतञ्जलीको भनाइ उद्धृत गर्दै योगलाई मानसिक स्थिरताको उपायका रूपमा व्याख्या गरे।
उनले आफू जेलमा हुँदा भोगेको पीडाको स्मरण पनि गरे। पेटको अल्सर, टिबी र कमजोर स्वास्थ्य अवस्थाका बीच उपचार नपाएको र पेनकिलरकै भरमा रहनुपरेको जनाउँदै भने, “पेनकिलर औषधि होइन, त्यो त शरीर नास गर्ने चिज हो।” उनले पेनकिलरकै कारण किड्नी फेल भएको उल्लेख गरे।
ओलीले सरकारको प्राथमिकता ‘निरोगी नेपाल’ भएको बताउँदै अब उपचारभन्दा अगाडि रोग नलाग्ने उपायमा जोड दिनुपर्ने बताए।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया