काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार भएको जानकारी गराएको छ ।

advertisement

उत्तराखण्ड प्रहर र किन इन्डिया संस्थाको सहयोगमा गत बिहीबार ३५ नेपालीको उद्धार भएको दूतावासले जनाएको छ ।

उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

त्यस्तै, उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ ।

साथै उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने पनि बताइएको छ ।

 

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com