काठमाडौँ । इरान–इजरायलबीचको चुलिँदो तनावका बीच इरानको आग्रहमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक डाकिएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत उक्त बैठकबारे जानकारी दिएका हुन्।

advertisement

उनले लेखेका छन्, “इरानको आग्रहमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज न्यूयोर्कको स्थानीय समयअनुसार दिउँसो बोलाइएको छ।”

डारका अनुसार, बैठक आयोजना गर्न इरानले औपचारिक अनुरोध गरेको हो र यसमा पाकिस्तान, चीन र रुसको समर्थन रहेको छ।

यो पहल अमेरिकी हवाई आक्रमणपछि आएको हो। आइतबार बिहान अमेरिकाले इरानका प्रमुख परमाणु केन्द्रहरू—फोर्दो, नतान्ज र इस्फहानमा हमला गरेको थियो। उक्त आक्रमणले इरान–इजरायलबीचको तनाव थप चर्किएको छ र क्षेत्रीय द्वन्द्व गहिरिने सम्भावना झनै बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com