एजेन्सी । सिरियाको दमास्कसमा रहेको एक चर्चमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा पनि २२ जना मृत्यु भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ ।
आइतबार साँझ ड्वेलामा रहेको प्रोफेट एलियासको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले हतियारले गोली चलाएका थिए ।
आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको बताइएको छ। समूहले भने कुनै दाबी गरेको छैन ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया