काठमाडौं । प्रतिनिधि सभामा सोमबार भएको मन्त्रालयगत बजेट छलफलका क्रममा रक्षामन्त्री मानवीर राईसँग सांसद अमनलाल मोदीले अनौठो जिज्ञासा राखे — “के नेपालमा न्युक्लियर बम बनाउने योजना छ ?”
सांसद मोदीले पूरक प्रश्न राख्दै भने, “आजभोलि विश्वभर विभिन्न देशहरूले न्युक्लियर बम निर्माण गरिरहेकै छन्। के नेपाल सरकारको पनि त्यस्तो कुनै योजना छ ? म स्पष्ट जवाफ चाहन्छु।”
उनको प्रश्नप्रति जवाफ दिँदै रक्षामन्त्री राईले हालसम्म नेपाल सरकारको कुनै पनि यस्ता योजना नरहेको स्पष्ट पारे। मन्त्री राईले भने, “यस प्रकारका विषयहरू राष्ट्रिय आवश्यकता, नीति र बजेटीय तर्जुमा अनुसार तय हुने हुन्। अहिलेको अवस्था हेर्दा त्यस्तो योजना नभएको स्पष्ट छ। भविष्यमा समय, आवश्यकता र सरकारले लिने निर्णयअनुसार केही सम्भावना नहोला भन्न सकिँदैन। तर हाललाई भने यस्तो योजना छैन।”
सांसद मोदीको प्रश्नले सदनमा हल्का तर गम्भीर बहस जन्माएको थियो।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया