काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन्।

सोमबारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताएका हुन्।

advertisement

उनले सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर गरे।

सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको उनले बताए। सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रूपमा पनि रहेको बताए। टाउको दुख्यो भनेर पेटको उपचार गरेको जस्तो विधेयक आएको उनको टिप्पणी छ।

उनले भने, ‘हामी जे चिजको पनि उपचार करमा नै थुपारिदिन्छौं। त्यसले दैनिक उपभोक्ताहरूलाई मार पर्छ। सुनको कुरा गर्दा हेर्दा जसरी व्याख्या गरे पनि हुन्छ। तर हाम्रो अर्थतन्त्रलाई अनौपचारिक रूपमा गृहिणीदेखि लिएर सबैले बचाइरहेको सुनले गर्दा कहीँ न कहीँ स्टेबल भएको भन्ने मान्यता पनि छ। यसपालि आएको चिज पर्याप्त छलफल नै आएको जस्तो लाग्यो। टाउको दुख्यो भनेर पेटको उपचार गरेर त भएन। हामीकहाँ बेथिति यस्तो छ अनि हामी ग्रे लिस्ट र ब्ल्याक लिस्ट भनेर तसाईदिन्छौँ। सतही हिसाबले औषधि खाएर निको पार्ने भए कर जति पनि बढाए भयो। तर कालो धनको कुरा भए प्रणालीमा सुधार गर्नुपर्छ।’

सांसद श्रेष्ठले अनौपचारिक रूपमा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरूरी रहेको बताए।

-एजेन्सी

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com