काठमाडौं ।  ६० किलो सुन तस्करी प्रकरणमा २ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै अमला रोकालाई प्रहरीले फेरि पक्राउ गरेको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई ६० किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार धरौटी बुझाएर रिहा भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमला रोकालाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएपछि पक्राउ गरी विभागको जिम्मा लगाइएको हाे। सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com