काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनबारे ‘पुनर्विचार’ गर्ने भएको छ। यही असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।

केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल रहेको भन्दै केन्द्रीय कार्यकारिणी समितिले संसदीय दललाई सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्न निर्देशन दिएको हो।

advertisement

‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्तण सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ निर्णयमा भनिएको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com