मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो ।सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेको सवारीसाधन बाटैमा रोमिएका छन् ।

advertisement

यस्तै, बाढीका कारण फिदिम याङनाम फालौट सडक खण्डमा पर्ने फेमे र मुवा खोलाका डाइभर्सनमा पनि आंशिक क्षति पुगेको छ ।

हेंवामा पानीको बहाव घटेको छैन भने अन्य क्षेत्रमा पानी परिरहेकाले तत्काल वर्षा रोकिने सम्भावना नरहेको बताइएको छ ।
खोला घटेसँगै डाइभर्सन मर्मत गरेर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

गत असोज १२ गते आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सुचारु गराइँदै आइएको छ । हेंवा खोलाम निर्माण भइरहेको बेलिब्रिज गत जेठ ३१ गते भाँचिएसँगै यो क्षेत्रका यात्रुले पुनः सकस व्यहोर्नु परेको हो ।

 

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com