काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिप्रति गम्भीर असन्तुष्टि जनाउँदै संसद् बहिष्कारलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। तर, समितिमा संलग्न व्यक्तिहरूप्रति विश्वास गर्न नसकिने भन्दै राप्रपाले उक्त समितिलाई अस्वीकार गरेको हो।

advertisement

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार समितिको गठन प्रक्रिया र सदस्यहरूको चयनप्रति पार्टी असन्तुष्ट छ। उनले भने, “सरकारको निर्णयले हाम्रो शंका थप बलियो बनाएको छ, त्यसैले संसद् बहिष्कारको कदमलाई पार्टीले निरन्तरता दिने निर्णय गरेको छ।”

राप्रपाले निष्पक्ष र विश्वसनीय छानबिनको माग गर्दै संसदमा दबाबमूलक भूमिका निर्वाह गरिरहेको छ। पार्टीको भनाइमा, वर्तमान समितिले भिजिट भिसासम्बन्धी गम्भीर अनियमितताको सत्यतथ्य उजागर गर्न सक्ने विश्वास गर्न सकिने आधार छैन।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com