एजेन्सी ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ट्रम्पको युद्धविराममा सहमत भएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले मंगलबार इजरायली सेनाले इरानमा आफ्ना सबै उद्देश्यहरू पूरा गरेको बताएको छ। प्रधानमन्त्री कार्यालयले नेतान्याहूले आजै यसबारे आधिकारिक बयान दिने बताएको छ।

इजरायल र इरान बीचको युद्धको १२ औं दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरे। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखे, ‘युद्धविराम अबदेखि लागू हुँदैछ। कृपया यसलाई नतोड्नुहोस्।

advertisement

यसअघि ट्रम्पले आज बिहान ३:३० बजे युद्धविरामको दाबी गरेका थिए। उनले आगामी ६ घण्टामा यो लागू हुने बताएका थिए।

ट्रम्पको युद्धविरामको घोषणापछि इरानका विदेशमन्त्रीले यसलाई अस्वीकार गरे। उनले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता भएको नभबएको बताएका थिए। यदि इजरायलले आक्रमण रोक्यो भने इरानले पनि आक्रमण रोक्ने बताएको थियो। तर त्यसको केही समयपछि इरानले इजरायलमाथि ६ पटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com