काठमाडौँ । इजरायलले मंगलबार बिहान इरानको उत्तरपूर्वी क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। आक्रमणमा चार घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने दर्जनौँ नागरिक घाइते भएका छन्।
गिलान प्रान्तको अस्तानेह–ये अशरफियाह सहरमा भएको आक्रमणमा ३३ जना घाइते भएको गभर्नर कार्यालयले जनाएको छ। सो कार्यालयले यस घटनालाई ‘आतंकवादी हमला’को संज्ञा दिएको छ।
गिलानका उप–गभर्नरका अनुसार घाइते तथा ज्यान गुमाउनेमध्ये १६ जना महिला र बालबालिका छन्। घटनामा मृत्यु हुनेमध्ये एकजना इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहम्मद रजा सिद्दीकी रहेको पुष्टि भएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले इजरायली सेनाले रातको समय एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या गरेको दाबी पनि गरेका छन्।
इजरायल र इरानबीच बढ्दो तनावका बीच भएको यो आक्रमणले स्थिति थप जटिल बनाएको विश्लेषकहरूको भनाइ छ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया