पोखरा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अब गन्हाएका र बेइमान राजनीतिक शक्तिसँग कुनै पनि हालतमा सहकार्य नहुने स्पष्ट पारेका छन्।

मंगलवार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको हितमा रहेका स्वच्छ छविका नयाँ र वैकल्पिक शक्तिहरूसँग भने सहकार्य गर्न तयार रहेको बताए।

advertisement

“हामी जनताको पक्षमा रहेका एजेन्डामा सहकार्य गर्न चाहन्छौँ। तर जो बेइमान छन्, भ्रष्ट छन्, गन्हाएका छन्, तिनीहरूसँग अब सहकार्य गर्दैनौँ,” उनले भने, “तर नयाँ, स्वच्छ छविका, वैकल्पिक शक्तिसँग हामी सहकार्य गर्न सक्नेछौँ।”

उनका अनुसार पार्टीले सहकार्यका लागि वार्ता समिति गठन गरिसकेको छ, र उक्त समितिले विभिन्न राजनीतिक समूहहरूसँग संवादको पहल गरिरहेको छ।

सत्तामा हुँदा आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै भट्टराईले भने, “हात्ती र हात्ती छाप चप्पल एउटै हो भन्ने जस्ता विज्ञापन गर्नु नानु भनेजस्तो मजाक हो, त्यसरी हाँस्यास्पद कुरा नगरौँ। यदि बाबुराम भट्टराईले राज्य वा समाजलाई एक रुपैयाँ पनि नोक्सान हुने कार्य गरेको प्रमाण छ भने म अहिले नै चुनौती दिन्छु।”

आफू सार्वजनिक जीवनमा पारदर्शी र रेकर्डमा रहेको व्यक्ति भएको उल्लेख गर्दै उनले छानबिन आफूबाटै सुरु गर्न तयार रहेको दोहोर्याए। “सबैभन्दा पहिला छानबिन मबाट गरौँ भनेको पनि म नै हुँ। तर, त्यो गर्ने आँट अहिलेसम्म कसैले देखाएको छैन,” उनले प्रस्ट पारे, “त्यसैले अहिलेसम्म बाबुराम भट्टराईमाथि कसैले औँला उठाउन सकेको छैन।”

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com