काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुने भएका छन्।

पतञ्जलि समूहसँग सम्बन्धित जमिन हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको सन्दर्भमा उनी आफैं अदालतमा हाजिर हुन लागेका हुन्।

advertisement

वरिष्ठ अधिवक्ता गोविन्द बन्दीका अनुसार, अदालतको कज लिस्ट (दैनिक मुद्दा सूची) सार्वजनिक भएलगत्तै नेपाल अदालत पुग्ने तयारीमा छन्।

अदालतले हालसम्म नेपाललाई म्याद तामेलीपत्र (औपचारिक रूपमा अदालतमा उपस्थित गराउने पत्र) पठाएको छैन। तर, सार्वजनिक रुपमा व्यापक चर्चा भएको उक्त मुद्दामा आफू प्रत्यक्ष रूपमा संलग्न रहेको बुझाइका आधारमा उनले स्वयं अदालतमा उपस्थिति जनाउने निर्णय लिएका हुन्। विशेष अदालतले सामान्यतया बिहान ११ बजेसम्म कज लिस्ट प्रकाशित गर्ने प्रचलन छ।

यसअघि, जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँको बिगो कायम गरी सोही रकम बराबरको जरिवाना र कानुनी सजाय माग गरेको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com