काठमाडौं । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले बुधबार दायर गरेको रिटमा बिहीबार सुनुवाइको मिति तोकिएको छ।

उक्त रिट बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि तोकिएको हो। डा. ढकालको मुद्दा रेग्मीको इजलासको छैटौं नम्बरमा रहेको छ।

advertisement

रास्वपाका संस्थापक महामन्त्री डा. ढकाललाई पार्टीले देशभर घुमेर तयार पारेको रिपोर्ट सार्वजनिक गरेको भन्दै अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको थियो। उक्त कारबाहीविरुद्ध उनी निर्वाचन आयोग पुगेका थिए।

निर्वाचन आयोगले नयाँ कार्यसमितिबारे आधिकारिक जानकारी नआएको जनाउँदै ढकाललाई वैधता दिएको थियो। सोही वैधता आधार बनाएर उनले आफू अझै पनि रास्वपाको महामन्त्री भएको दाबी गर्दै सर्वोच्चमा न्याय मागेका हुन्।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com