एजेन्सी । मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारेको बताएका छन् । तर इजरायलसँग वार्ता अझै नभएकाे हमासका एकजना  वरिष्ठ अधिकारीले बीबीसीलाई बताए ।

इरान र इजरायल युद्धविराममा सहमत भएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो प्रगति भइरहेको बताइरहेको समयमा यो बयान आएको हो ।

advertisement

इजरायल र हमास सम्झौताको धेरै नजिक रहेको विश्वास मध्य पूर्वका लागि उनका विशेष दूत स्टीव विटकफ गर्छन् । यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली आक्रमणमा ४५ प्यालेस्टिनीहरू मारिएको बताएको छ ।

उता, मंगलबार भएको बम आक्रमणमा आफ्ना सात सैनिक मारिएको इजरायली सेनाले बताएको छ । यस आक्रमणको जिम्मेवारी हमासले लिएको छ ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com