काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोट अब चाँडै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्ष लामो प्रतीक्षा अब अन्त्य हुन लागेको बताएका हुन्।
“हालसम्म राष्ट्रिय सडक सञ्जालबाट टाढा रहेको हुम्लाको सिमकोट अब केही दिनमै सडकसँग जोडिनेछ। यो हाम्रो दशकौँदेखिको सपना हो, जुन अब पूरा हुँदैछ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

advertisement

उनले सडकमार्ग सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकामार्फत छिमेकी राष्ट्र चीनसँग प्रत्यक्ष जोडिने पनि जानकारी दिएका छन्।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com